मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम प्रहार



रोल्पामा अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट गराएका छन् । नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन रोल्पा लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दीपक खड्काले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्