दलहरु प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि उम्मेदवार छान्न व्यस्त



सैघाली खबर,
काठमाडौं, १७ – भदौ ।प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय चुनावका लागि उम्मेदवार छान्न दलहरु व्यस्त छन् । सत्तारुढ दल नेपाली कांग्रेसले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावको लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएपनि सार्वजनिक गरेको छैन ।
यस्तै नेकपा एमालेले आजसम्म उम्मेदवारको टुंगो लगाउने तयारी गरिरहेको छ । त्यसको लागि एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकले उम्मेदवारको नाम टुंग्याउने नेताहरुले जानकारी दिएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रले उम्मेदवार छनौट गर्न अझै केही दिन लाग्ने बताएको छ । राष्ट्रिय जनता पार्टी नेपालले भने आइतबारसम्ममा उम्मेदवार छनौट गर्ने तयारी गरेको जनाएको छ ।

चुनावको मिति नजिकिएसँगै प्रदेश नम्बर २ को ८ जिल्लामा चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलले प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्