Denmark's Christian Eriksen (L) celebrates with Thomas Delaney after scoring a goal during the 2018 FIFA World Cup qualifying football match Denmark vs Poland in Copenhagen on September 1, 2017. / AFP PHOTO / Scanpix Denmark AND Scanpix / Liselotte Sabroe / Denmark OUT (Photo credit should read LISELOTTE SABROE/AFP/Getty Images)

खेलकुद

पोल्याण्ड हार्‍यो, डेनमार्कको शानदार जित

By थाहा अनलाइन

September 02, 2017

सैघाली खबर, १७ भदौ ।– विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे । १५ औं मिनेटमा डिलेनीले गोल गर्दै डेनमार्कलाई सुरुवाति अग्रता दिलाए । ४२ औं मिनेटमा कार्निलियसले गोल गर्दै अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा योर्गन्सन तथ ८० औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्क ४–० ले विजयी भयो । पराजित भएपनि सात खेलबाट १६ अंकसहित समूहको शीर्ष स्थानमा छ । विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । समूह ‘इ’ अन्तर्गतकै खेलमा मन्टेनेग्रोले कागखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन् ।