अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी



सैघाली खबर,
काठमाडौं,१७ भदौ ।नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी हुनुभएको छ । प्रतिस्पर्धी अनिल शर्मालाई २३ मतले हराउँदै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । विजयी भएका तामाङले ८ सय ४५ र शर्माले ८ सय २२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलक भण्डारी, दिपक देवकोटा र विजय गौतम, दिपेश पुन, ईन्द्र भुषाल, पञ्चा सिंह र रविकिरण यादब विजयी हुनुभएको छ ।
महासचिवमा उत्तम अधिकारी विजयी हुनुभएको छ । पहिलोपटक भएको चुनावमार्फत अखिल क्रान्तिकारीले २ सय ४३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्