जंगली जनावरको वास्ता नगरि बिद्यार्थी देउती माबिमा आउछन् – बिद्यालय



शुसिल बस्नेत
दाङ, १७ भदौ
पश्चिम दाङको एक विद्यालयमा पढ्नको लागी विद्यार्थीहरु दैनिक ५ ÷ ६ घण्टा हिडेर विद्यालय जान बाध्ये भएका छन ।
बबई गाउँपालिका ७ तल्लो मलइमा रहेको देउती माध्यामिक विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरु दैनिक ५ ÷६ घण्टा हिडेर आउने गरेका विद्यालयले जनाएको छ ।
ववई गाँउपालिकाको कप्ताने, दंगिशरण गाउँपालिका वडा नम्बर २ फुर्के सल्ली लगाएत ठाउँवाट जंगलको वाटो भई जिल्लाको दुर्गम स्थानको उक्त बिद्यालयमा पढ्न आउने गरेका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष अम्मर बुढाले जानकारी दिनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रको जंगली क्षेत्रबाट विद्यार्थीहरु दैनिक ५ ÷६ घण्टा हिडेर विद्यालय पुग्ने गरेका छन् । लामोदुरी र जंगली जनावरको त्रासले बिद्यार्थीहरु जहिले पनि चिन्तीत हुने गरेको बिद्यार्थीहरुको गुनासो छ । नजिकमा माबि तहको बिद्यालय नहुदा आफुहरुलाई जंगली जनावारको समेत वेवास्ता गरि लामोदुरीको हिडाई गरि देउती माबिमा जाने गरेको उनीहरुको भनाई ।

२०४२ सालमा प्रावि तहमा स्थापना भएको देउती माध्यामिक विद्यालय २०७० साल देखी माध्यामिक तहको पढाई हुदै आएको छ ।
दरबन्दी अनुसारका शिक्षक नहुदा विगत ४ बर्षदेखी राहत तथा निजि शिक्षकबाटै बिद्यालय सञ्चालन गरिएको शिक्षक प्रेम पुनले जानकारी दिनुभयो ।

दरबन्दीका बिषयमा जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराउदै आएको भएपनि अहिले सम्म कुनैपनि पहल नभएको बिद्यालय प्रशासनले जनाएको छ ।

बिद्यालयको भवन जिर्ण छ भने कक्षा १ देखी १० सम्म संचालन हुदै आएको विद्यालयमा अहिले जम्मा २ सय ५० जना विद्यार्थी छन ।
उक्त विद्यालयमा जम्मा ११ जना शिक्षक छन भने १ जना स्थायी, १ जना दरबन्दी,३ जना राहत र ६ जना निजि शिक्षक राखेर विद्यालय संचालन गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुढाले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्