पोखरी र टोल सरसफाई



सैघाली खबर
दाङ १७ , भदौ
घोराही उपमहानगरपालिका १७ घनिवगिया स्थित कमलपोखरी र टोलको झाँडी सरसफाई गरिएको छ । वडा कार्यालय र सुनौलो विहानी युवा क्लवको संयुक्त आयोजनामा शनिवार उक्त सरसफाई गरिएको हो ।

घोराही उपमहानगरपालिका कार्यालयले सिंगो उपमहानगरपालिकामा सरसफाई अभियान थालेपछि सो अभियानलाई पुर्णता दिन वडाले पनि गाउँगाउँमा सरसफाई अभियान थालेको जनाएको छ । घोराही उप–महानगरपालिकाले थालनी गरेको नगर सरसफाई अभियानलाइ सार्थक बनाउन घनीवगियाका ७० घरधुरीले उक्त पोखरी र टोलको सरसफाई गरेको हो ।
घोराही उपमहानगरपालिका १७ का वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता र घोराही उपमहानगरपालिका वातावरण एवं विपद व्यवस्थापन समितिका संयोजक तथा १४ नं वडाका अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा उक्त सरसफाई गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डाँगीले सिंगो नगरलाई सफा राख्न स्थानिय टोलवासीहरु सक्रिय भए लाग्नुपर्ने उनले वताएका थिए । कार्यक्रममा पत्रकार प्रकाश चौधरी, सुनौलो विहानी युवा क्लवका उपाध्यक्ष मनोज चौधरीले लगायतले सरसफाई नै सभ्यातको पहिचान रहेका वताएका थिए । कार्यक्रमको सहजीकरण बहरु चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्