आद्यामिक ज्ञान र आधुनिक विकास सामाजिक विकासका परिपुरक हुन ः नेपाली



सैघाली खबर
दाङ १७ , भदौ

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आद्यात्मिक ज्ञान र आधुनिकविकासलाई जोडेर लग्न सकेमा समाजको विकास हुने वताएका छन् । उनलेआध्यात्मिक ज्ञानले असल नागरिक उत्पादन गर्ने भएको भन्दै चेतना गाउँ सम्म फैलाउन सुझाव समेत दिए ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय दाङ्गलेगरेको जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, सदस्य र नेपाल वार एशोसिएसन ईकाई दाङका नव निर्वाचित कार्यसमितिको स्वागत सम्मानमा प्रमुख अतिथि नेपालीले यस्तो वताएका हुन । मानिसमा भएको सुजनशीलता,प्रतिभा,खोज अनुसन्धानले इतिहास रच्ने तथा भावी समाजका लागी महत्वपूर्ण योगदान दिएर जाने समेतवताए । ‘जीवनमा सुख दुःखको कारण कुनै व्यक्ति विशेष नभएर मनुस्य आफैलेगरेको कर्मको प्रतिफल हो’ उनले भने ‘ मानव जिवनमा आध्यात्मिक चिन्तनकोविकास आवश्यक छ ।’ ब्रह्माकुमारी संस्थाले गरेको सेवाभावबाट आफु प्रभावितभएको भन्दै आद्यात्मिकताको मार्ग समग्र विकासको आधारस्तम्भ भएको समेत वताए ।

कार्यक्रममा जिससका उपप्रमुख श्रीधर पौडेल शर्माले आद्यात्मिक पथ समाज रुपान्तरणको सकारात्मक गन्तव्य भएको वताए । ब्रह्माकुमारी राप्तीक्षेत्र प्रमुखगिता दिदीले तनावले अनेकौ शारीरिक र मानसिक समस्याह? देखा पर्ने भएकोलेयोग साधना र सकारात्मक जीवनशैलीले स्वस्थ मन र प्रफुल्लित जीवन वनाउन दृढसंकल्प गर्नुपर्ने विचार राखिन ।

सहनशीलता छोड्न नहुने भन्दै नैतिक शिक्षाअनि आध्यात्मिताद्धारा हामी भित्रको सुक्ष्म क्षमता र शक्तिलाई उजागर गर्न सकिनेविचार समेत राखिन । ब्रह्माकुमार शिवलाल महताराको स्वागत मन्तव्यबाट शु?भएको वधाई सम्मान एवं स्नेह मिलन कार्यक्रममा नेपाल वार एशोसियसन इकाइ दाङ्गका अध्यक्ष प्रदिप गौतम,जि.स.स.का सदस्य लोकी कुमारी विश्वकर्माले शान्ति सद्भाव एकता कायम राख्न सवैको भूमिका भएको वताएका थिए ।

सम्मानित यक्तित्वह?लाई ब्रह्माकुमारी गीता दिदीबाट ईश्वरीय उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्