आज पनि हावाहुरी सहित वर्षाको सम्भावना,सचेत रहन आग्रह



काठमान्डौ। आज उपत्यकासहित देशका पूर्वी र मध्यका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पुर्बनुमान महाशाखाले जनाएको छ।
बङ्गाल खाडीको दक्षिण पूर्वीभागबाट चक्रवात, फानी उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले नेपालमा पनि यस्तो सम्भावना देखिएको हो।यसको ठूलो प्रभाव नेपालमा नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने र पूर्वी, मध्य हिमाली भू–भागमा भारी हिमपात सम्भावना रहेको जनाउदै मौसम विदले सचेत रहन आग्रह समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्