काठमाडौ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि अर्थात् शुक्रवार संघीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भोली शुक्रवार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।