भारतमा ‘फानी’नामक सामुन्द्री आँधी सक्रिय, नेपालमा पनि सचेत रहन आग्रह



काठमान्डौ। बंगालको खाडीबाट विकसित भएको ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव भारतको ओडिसामा देखिएको छ। जसका कारण त्यहाँ वर्षा सुरु भएको छ । जसको प्रभावले नेपालमा समेत हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको मौसम पुर्बानुमान शाखाले जनाएको छ । २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले ठुलो प्रभावित पार्ने अधिकारीहरुले जनाएका छन् ।हावाको गति प्रतिघन्टा १७५ देखि १८५ किलोमिटर रहनसक्ने जनाइएको छ। मौसमविद्हरूका अनुसार ओडिशाबाट सो समुद्री आँधी नेपाल नजिकै हुँदै बाङ्ग्लादेशको चटगाउँतिर जानेछ।

भारतबाट बाङ्ग्लादेशतिर जाँदा आँधीको वेग कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।शुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने र हिमाली भेगमा हिमपात पनि हुन सक्ने पनि सम्भावना छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्