गोरखा स्कूलका विपिन मध्यपश्चिममै उत्कृष्ट



सैघाली खबर

दाङ , १८ भाद्र

गोरखा इन्टरनेशनल पव्लिक माध्यमिक विद्यालय दाङका विपिन शर्माले कक्षा १२ को व्यवस्थापन संकायको नतिजामा मध्यपश्चिममै उत्कृष्ट भएका छन् । विद्यालयमा व्यवस्थापन संकायको नवौँ व्याचका विद्यार्थी विपिनले ८७ दशमलव ४ प्रतिशत अङ्क प्राप्त गरी कक्षा १२ को नतिजामा आफूलाई मध्यपश्चिममै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीका रुपमा उभ्याएका हुन् ।

 

मध्यपश्चिममा उत्कृष्ट बन्न सफल शर्माले अंग्रेजीमा ८६, एकाउन्टेन्सीमा ९५, अर्थशास्त्रमा ७९, फाइनान्समा ८४ र विजनेस म्याथमा ९३ अंक प्राप्त गरेका छन् । सोही विद्यालयमा अध्ययनरत सुरज गुप्ताले ८३ दशमलव ४, प्रत्युशा भट्टराईले ८२ दशमलव ४, अञ्जली गुप्ता र विकास कुमालले ७८ प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएका छन् ।

गोरखा इन्टरनेसनल पव्लिक माध्यमिक विद्यालय घोराही दाङले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । व्यवस्थापन संकायका संयोजक एमबी केसीका अनुसार अन्य विद्यार्थीहरुले पनि राम्रो अंक प्राप्त गरी कक्षा १२ उत्तीर्ण गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्