नेकपा फेदाप संगठन कमिटी तेह्रथुमले जिल्लामै पहिलो पटक पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक



इन्द्र नेपाली ,तेह्रथुम।

नेपाल कम्युनिस्ट पार्टीले केन्द्र देखि स्थानीयतह सम्म पार्टी एकीकरणको अभियान सन्चालन भए सगै तेह्रथुमका सम्पुर्ण स्थानीय तहमा पार्टी एकीकरण अभियान सम्पन्न भएको छ।

दुई नगरपालिका र चार गाउँ पालिका रहेको जिल्लामा एतिहासिक पार्टी एकिकरणअभियान सम्पन्न भएको एक नम्बर परदेस सभाका मानवीय तथा नेपाल कम्युनिस्ट पार्टी तेह्रथुमका अध्यक्ष लक्षुमन तिवारीले बताएका छन।
जिल्लामा संन्चालन भएको एतिहासिक पार्टी एकीकरण अभियान सम्पन्न भए सगै जिल्ला देखि वाड कमिटी सम्मका पदाधिकारीलाई पद गोपनियाता तथा शपथ ग्रहण पश्चात् पार्टीलाई हरेक नागरिकको दुस्ख सुखको सहयात्री बनाउदै बिकास निर्माणको कार्यमा तीव्रता दिने जानकारी गराइएका छन।

जिल्लामा मै पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरि फेदाप सगठनको निर्णय सार्वजनिक
पार्टी एकीकरण पश्चात् नेपाल कम्युनिस्ट पार्टी फेदाप संगठनले एतिहासिक प्रथम बैठकको निर्णय पत्रकार सम्मेलन आयोजना गरि सार्बजनिक गरेको छ।
संगठनका अध्यक्ष राम प्रसाद तिम्सिनाले पत्रकार सम्मेलनमा बोल्दै अहिले मुलुकमा लोकतन्त्र विरोधीहरु सत्तीहरु सरकारले ल्याएको समृद्धि र विकास देखेर आतिएको बताएका छन।
फेदाप गाउँपालिकाको अन्डरग्राउन्ड होटलमा आयोजना गरिएको सम्मेलनमा पार्टी एकता भएपछि लोकतन्त्र विरोधी सत्ती छटपटिएको बताए।
‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ,’गरिबिको रेखा मुनि रहेका नागरिकलाई विकास निर्माणमा तीब्र ल्याइ आर्थिक बिकास तफ उन्मुख गराउनु पर्ने बताए।
समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र संगठन चाहिएकाले पार्टी एकता गरिएको फेदाप गाउँ संगठन अध्यक्ष समेत रहेका तिम्सिनाले बताए।
नेकपा फेदाप गाउँ संगठन कमिटीले गाउँ पालिका भित्रका पाचै वडामा सचिवलय गठन जिम्मेवारी बाड्फाड गरि सकेको जानकारी गराइएको छ।
बैठकले फेदाप संगठन समितिको बिभागिय जिम्मेवारी समेत प्रदान गरेको छ जसमा आर्थिक बिभाग प्रमुख, फिरोज सुब्बा,संगठन बिभाग प्रमुख,शिव कुरुम्वाङ,स्थानीय तह,राम प्रसाद तिम्सिना ,अनुसासन बिभाग प्रमुख जय बहादुर सम्बाहाम्फे,पार्टी स्कुल बिभाग संयोजक छबिलाल रिमाल,स्वयंसेवक बिभाग संयोजक टीका लिम्बू,कर्मचारी बिभाग संयोजक छबिलाल रिमाल ,उधोग बाणिज्य बिभाग संयोजक योगेन कुरुम्वाङ,प्रचार प्रसार बिभाग प्रमुख, इस्वार राज खत्री,सहकारी बिभाग प्रमुख मोहन प्रसाद भन्डारी,यसैबीच पाच वाट वाड मा इन्चार्ज सह इन्चार्ज समेत तोकेको प्रचार बिभाग प्रमुख इस्वार राज खत्रीले बताएका छन।
यसै गरि फेदाप संगठन कमिटी अन्तरगतका जनबर्गिय संगठन तथा बिभाग समेत निर्माण गरिएको छ।जसमा विद्यार्थी फाट इन्चार्ज विशाल खडका,युवा फाट इन्चार्ज इस्वार राज खत्री,महिला फाट इन्चार्ज गिता कोइराला,बुद्धिजिबि फाट इन्चार्ज राम कुमार कुरुम्वाङ, शिक्षक फाट इन्चार्ज छबिलाल रिमाल,किसान फाट इन्चार्ज गजेन्द्र श्रेङ,मुक्ति समाज फाट इन्चार्ज केसर घिसिङ,जन सांस्कृतिक फाट इन्चार्ज राजकुमारी सिंघक रहेको प्रचार बिभाग प्रमुख खत्रीले जानकारी दिनु भएको छ।

वडा अध्यक्ष सहित नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाली काङ्ग्रेस पार्टीको तर्फ बाट म्याग्लुङ नगरपालिका २ मा निर्वाचित ऐतसिं तामाङ सहितको टोलि नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रबेस गरेका छन। छथर गाउँ पालिका,फेदाप गाउँ पालिका,आठराई गाउँ पालिका बाट सयौं नेता तथा कार्यकर्ता प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी तेह्रथुमका सचिब इन्द्र बहादुर इमसम ले बताएका छन।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्