मुख्य समाचार

प्रदेश नम्बर २ मा चुनावी माहोल तात्दै, दलहरु उम्मेदवार टुंग्याउन व्यस्त

By थाहा अनलाइन

September 03, 2017

सैघाली खबर

 

काठमाडौं,१८ भाद्र

तेस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा प्रदेश नम्बर दुईका जिल्लाहरुमा चुनावी माहोला तात्दै गएको छ । आगामी असोज २ गते प्रदेश नम्बर दुईका आठवटा जिल्लाका १३६ स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि अहिले दलहरुले चुनावी सभा, नाचगान, घरदैलो र मतदातासँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र अरु दलका केन्द्रीय नेताहरु नै चुनाव हुने ८ जिल्लामा व्यस्त भएका छन् । केन्द्रमा भने उम्मेदवार टुंग्याउन पनि दलहरुले छलफल र बैठकलाई निरन्तरता दिइरहेका छन् । निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयनको दिन भदौ २१ गते नजिकिंदै गर्दा दलहरुले छलफललाई अन्तिम रुप दिन लागेको बताएका छन् । गाउँपालिकाको उम्मेदवार धेरै दलहरुले टुंग्याए पनि महानगर, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार टुंग्याउन समय लागेको कतिपय नेताहरुको भनाइ छ ।