प्रदेश २ मा आयोगको उच्चस्तरीय टोली



सैघाली खबर

 

काठमाडौं,१८ भाद्र

 


निर्वाचन आयोगले प्रदेश नम्बर २ मा उच्चस्तरीय टोली खटाएको छ । जिल्लामा रहेका सरोकारवाला निकायसँग छलफल गरी निर्वाचनको वातावरण बनाउन उच्चस्तरीय टोली खटाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । असोज २ गते हुने २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्तहरु त्यसतर्फ जानुभएको ढकालले बताउनुभयो । उच्चस्तरीय अनुगमन गर्न आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाह जानुुभएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा उहाँहरूले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तत्र्रिmया गर्नुहुने बताइएको छ । हालैको बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायतको अवस्थाका विषयमा अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकताअनुसार सम्बन्धित निकायलाई उहाँहरूले निर्देशन दिनुहुनेछ । उच्चस्तरीय टोलीले जिल्लामा सुरक्षा निकायसँग मतदाता तथा मतदान केन्द्रको सुरक्षाको विषयमा पनि छलफल गर्ने निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्