बाढीबाट भएको क्षतिको विवरण पेश गर्न किसानलाई मन्त्रालयको आग्रह



 

सैघाली खबर

 

काठमाडौं,१८ भाद्र

बाढी र डुवानका कारण प्रभावित भएका किसानलाई क्षतिको विवरण पेश गर्न सरकारले अनुरोध गरेको छ । जिल्लास्थित कृषि विकास कार्यालयमा क्षतीको विवरण पेश गर्न आह्वान गरिएको कृषि मन्त्री रामकृष्ण यादवले बताउनुभयो । बाढी र डुवानले कृषी क्षेत्रमा भएको क्षतिलाई संबोधन गर्ने गरी राहातको कार्यक्रम ल्याइएकोले क्षतीको विवरण सहित नाम लेखाउन सकारले किसानलाई आग्रह गरेको हो । कृषि मन्त्री यादवले तराईका ३१ जिल्लामा १ अर्व २० करोड रुपैँया बराबरको राहतको कार्यक्रम ल्याएको बताउनुभयो । वास्तविक पीडित नछुट्ने गरी जिल्लामा रहेका कृषि विकास कार्यालयले काम गरीरहेको समेत मन्त्री यादवले दाबी गर्नुभयो । अब चाँडै नै कृषकले राहात वापतको रकम पाउने उहाँको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्