सैघाली खबर
दाङ, १८ भाद्र
टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउनका लागि डेलिगेशन गएको एक टोलीले आज आईतबार पनि भेटघाटलाई तिब्रता दिएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको नेतृत्वमा गएको टोलीले आज उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई भेटेको छ । भेटघाटका क्रममा उपराष्ट्रपति पुनले टरिगाउ एयरपोर्ट सञ्चालनमा ल्याउन पहल थाल्ने आस्वासन दिएका छन् । दाङमा नियमित हवाई सेवा सञ्चालन नहुनुको कारण पत्ता लगाई उक्त समस्या सामाधान गर्न आफुले पहल थाल्ने बताए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।