शान्तिनगर।पश्चिम दाङ्गको शान्तिनगरमा शुक्रबार देखी फैलिएको झाडापखाला शनिवार राती बाट पुर्ण रूपमा नियन्त्रणमा आएको छ। शान्तिनगर तिनको भलानेटिमा फैलिएको उक्त झाडापखाला बाट दुइ दर्जन बढी प्रभावित भएका थिए।
झाडापखालाका बिरामीहरुका लागी शान्तिनगर गाउँ पालिकाले सम्पुर्ण उपचार को ब्यबस्था मिलाएको थियो ।
यस्तै झाडापखाला प्रभावित क्षेत्रमा तुल्सिपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल,खानेपानी तथा ढल ब्यवस्थापन बिभाग केन्द्रीय पानी परिक्षण प्रयोग शालाका किशोर पाण्डे, पानी परिक्षण प्रयोग शाला नेपालगन्जका रबि किरण आचार्य र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका राजकुमार पोखरेलले अनुगमन समेत गरेको शान्तिनगर गाउँपालिकाका प्रेस संयोजक निरास पाण्डेले जानकारी दिएका छन।
शान्तिनगर गाउँपालिकाको वडा नं ३ सहितका अन्य क्षेत्रमा गत वर्ष पनि महामारी फैलिएको थियो। गाउँपालिकामा झाडापखालाको प्रकोपबाट १६ सय जना बिरामी परेका थिए। महामारी एक हप्तापछि नियन्त्रणमा आएको हो।अहिले पनि सोहि समयमा वडा नं तीनबाट झाडापखालाको प्रकोप देखिएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।