‘ पानीमा ब्रर्मलुट ’



 

गिरिराज नेपाली
दाङ १८ , भदौ
शुद्धिकरण गरिएको खानेपानी ‘ड्रिकिङ वाटर र मिनलर वाटर’ मुल्य निर्धारण हुन नसक्दा उपभोक्ताहरु व्यापारीहरु द्वारा चरण ठगिमा परेका छन । पानी उत्पादन उद्योगहरुले प्रति बोतल १० देखी १२ रुपैया सम्म विक्रि वितरण गरे पनि व्यापारीहरुले भने प्रति वोटल २५ देखी ३० रुपैया असुल्ने गरेका छन ।

पानी उत्पादन उद्योगहरुले शुद्धिकरण गरिएको खानेपानीक बोतलमा मुल्य लेबल टाँस गर्न नसक्दा उपभोक्ताहरुले चरम ठगिमा पर्ने गरेका छन । घोराहीका युवा सामाजिक अभियान्ता सनत गिरीले स्थानिय प्रसासनको मौनता र लापरवाहीले व्यापारको नाममा उपभोक्ता लाई ठगी गर्ने गरेको उनले वताए । प्रसाशनले पानीको मुल्य निर्धारण गर्न नसक्दा उपभोक्ताहरु चरम ठगीमा पर्ने गरेको छ । भने उपभोक्ताहरुको उपभोक्ता अधिकार समेत हननमा परेको उनले वताए । खानेपानी सवैका सर्वसलभ र सहज वन्नु पर्छ । तर उद्योगले होलसेल दरमा १० देखी १२ रुपैया सम्म व्यावसायीहरु लाई विक्रिवितरण गर्छ । तर व्यापारीहरु व्यापारको नाममा चर्काे मुल्य असुली गर्ने गरेको उनले वताए । उनले भने –शुद्धिकरण गरिएको पानीमा मुल्य निर्धारण कामय गरी सवैलाई सहज सर्वसुलभ खानेपानीको व्यावस्था मिलाउन उनले प्रसासन संग माग गरे ।

खानेपानी उद्योगहरुले उत्पादन मिति , मुल्य लेवल , आवाधिक मिति कुनै टाँस नगरी वजार भित्र्याउदा उपभोक्ता अधिकार अझै हननमा परेको उनले वताए । उद्योगले मुल्य लेवल टाँस नगरी वजारमा पानी व्यापारीहरुले व्यापारका नाममा चरम मुल्य असुली गर्ने मौका पाएको उनले वताए । प्रसाशनको फितलो अनुगमन , मौसमी अनुगमनले खानेपानीका विषयमा ध्यान नपु¥याउदा उपभोक्ता वा नागरिकहरुको शुद्ध खानेपानी खान पाउने अधिकार गुमेको उनले वताए । उनले भने मिनरल वाटरका नाममा अधिकाश उद्योगहरुले ड्रिकिङ वाटर उत्पादन गरि विक्रिवितरण गरिएको छन । व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्य खेलवाड गर्ने व्यापारी र उद्योगहरु लाई तत्काल अनुगमन गरी विधि सम्वत व्यावसाय संञ्चालनका लागि सँवन्धीत निकायहरु सकारात्मक वन्नु पर्ने उनले आग्रह गरे ।

 

यता प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले उत्पादन उद्योगहरुले देखिने गरी मुल्य टाँस नगर्दा उपभोक्ताहरुले चर्काे मुल्यमा शुद्धिकरण गरीएको खानेपानी सर्वसलभ मुल्यमा पाउन नसकेको उनले वताए । उत्पादन उद्योगहरुले सर्वसुलभ मुल्यमा पसल–पसलमा शुद्धिकरण गरिएको खानेपानी पु¥याए पनि व्यापारीहरुले आफुखुसी मुल्य निर्धारण गरी वेचविखन गरी रहेकाले तत्काल वजार अनुगमन गरी एकाधिकार मुल्य निर्धारण गर्ने वताए । व्यापारीक प्रतिस्प्रर्धाका कारण व्यापारीहरुले अधितम आधा रकमको मुल्य वढि लिने गरेका त्यो तत्काल वजार अनुगमन गरी शुद्धिकरण गरिएको खानेपानीमा मुल्य एकरुपता कायम गरिने उनले वताए । त्यस्तै उद्योगहरुले खानेपानीको वोटलमा अनिवार्य मुल्य लेवल टाँस गरी व्यापारीहरु विक्रिवितरण गर्न समेत सुझाव दिएका छन । अनुगमनका क्रममा यदि त्यस्तो कुनै किसिमको पसलमा फेला परेको त्यस्ता उद्योगहरुले कानुनी कार्वाही गरिने उनले वताए ।

उद्योग विकास शाखा दाङका अनुसार जिल्लामा १४ वटा खानेपानी उद्योगले शुद्धिकरण गरिएको खानेपानी उत्पादन गरिएको जनाएको छ । प्रमुख उद्योग अधिकृत वासुदेव रिजालका अनुसार दाङका हाल १ वटा मात्रै मिनरल वाटर उद्योग नाममा संञ्चालन रहेको छ । भने वाँकी १३ वटा ड्रिकिङ वाटर उद्योगहरु रहेको उनले वताए । खानेपानी उद्योगमा मात्रै दाङमा ८ करोड , २० लाख , ५३ हजार ८ सय ८० रुपैया लगानी भित्रिएको जानकारी दिए । भने वार्षिक उत्पादन ३३ करोड रहेका जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्