‘साहो’फिल्ममा असन्तुष्ट प्रभास,बलिउडबाट पछि हटेका त हैनन् ?



दक्षिण भारतीय फिल्म उद्योगका सुपर स्टार तथा बाहुबली फिल्मबाट भारतीय फिल्म उद्योगमा तहल्का मच्चाएका सुपरस्टार प्रभास बलिउडमा डेब्यू गर्ने तयारीमा छन्। फिल्म साहोमा उनी श्रद्धा कपुरको अपोजिट देखिएका छन्। यतिखेर उनि साहोको सुटिंगमा ब्यस्त रहेका छन्।

पछिल्लो ३ वर्ष देखि साहोमा काम गरि रहेका छन् । तर पछिल्लो मिडिया रिपोर्टहरुका अनुसार उनी फिल्मको केही सीनबाट उनी खुसी छैनन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार जुन रुपमा फिल्मको केही सीन खिचिएको छ त्यसमा उनी खुसी छैनन् । आगामी हप्तामा फिल्मको शुटिङ पूरा हुनेछ।

साहो फिल्मको टीम शुटिङका लागि अबुधाबी जानेछ । यसपछि शुटिङ समाप्त गरेर हैदराबादको स्टूडियोमा पोस्ट प्रोडक्शनको काम हुनेछ । तर फिल्मको कुन सिनमा उनी असन्तुष्ट छन् भन्ने सार्वजनिक हुन सकेको छैन । प्रभासका कारण फिल्मको सुटिङको सेडुल विग्रिएको छ जसलाई फेरि परिवर्तन गरिएको छ ।

हालसालै फिल्मको मुम्बइ शेडुलको सुटिङ पूरा भएको छ । साहो एक स्पाए थ्रिलर फिल्म हो । फिल्मको बजेट ३०० करोड रुपैयाँ हाराहारी बताइएको छ । पछिल्लो दुई वर्ष देखि फिल्मको सुटिङ चलिरहेको छ ।कास्टको कुरा गर्ने हो भने यसमा प्रभासको अपो जिट श्रद्धा कपुर देखिने छन् । यसका अलावा नील नितिन मुकेश, जेकी श्राफ, चंकी पाण्डे तथा मन्दिा बेदी पनि फिल्मको हिस्सा बनेका छन् । फिल्म १५ अगस्ट २०१९ मा रिलिज गर्ने तयारी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्