मुख्य समाचार

वीरगञ्जमा माअाेवादीकाे चुनावीसभा सकियाे, तीनसय जना पार्टी प्रवेश

By थाहा अनलाइन

September 03, 2017

सैघाली खबर, वीरगञ्ज १८ भदौ।। वीरगञ्ज महानगरपालिका(१३, प्रसौनीमा ३०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा ३०० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, जनताको मुक्ति र विकासका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता उर्मिला अर्यालले महिला, दलित, जनजातिलाई नागरिक सम्झने पार्टी माओवादी मात्रै भएको बताए ।

माओवादी केन्द्रले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पारेको छ ।

अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको बिभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताउँदै आएका छन् ।