बैदेशिक रोजगार

म्यानपावरहरुलाई एजेन्ट नियुक्त नगर्न निर्देशन

By थाहा अनलाइन

May 06, 2019

काठमाडौ।वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई एजेन्ट नियुक्त नगर्न निर्देशन दिएको छ । बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा ९२० को संशोधित प्रावधान अनुसार गत फागुन १९ गते देखि नै एजेन्ट नियुक्ति गर्ने व्यवस्था गरेको हो।

विभागले बैशाख १९ गते सूचना जारी गरी प्रतिनिधि नियुक्ति नगर्न निर्देशन दिएको थियो ।साथै विभागले म्यानपावर कम्पनीमा कार्यरत कर्मचारीको विवरण तोकिएको ढाँचामा विभाग र काठमाडौं कार्यालय ताहाचलमा उपलब्ध गराउन समेत म्यानपावर कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बैदेशिक रोजगारीमा जानेहरु बिभिन्न एजेन्टहरु बाट ठगिमा पर्नै,अलपत्रपर्नै भएकाले यस्तो निर्दौशन गरेको जनाएको छ।

एउटा आइडी कार्डको नाममा एजेन्ट बनेर मनपरी पैशा अशुल्ने जस्ता गतिबिधी रोक्न यस्तो निर्देशन गरेको हो। एजेन्टलाई विभागले कर्मचारीहरुको विवरण हरेक ६ महिनामा अध्यावधिक गर्नुपर्ने जनाएको छ ।

सूचना अनुसार म्यानपावर कम्पनीले कार्यालयमा कार्यरत कर्मचारीको नाम, ठेगाना, नियुक्ती मिति, नियुक्ती अवधि, सम्पर्क नम्बर सहितको विवरण विभागमा पठाउनु पर्नेछ ।