सुनचाँदीको भाउ बढ्यो



सैघाली खबर,
काठमाडौं, १८ भदौ– यो महिनाको सुरुदेखि नै उकालो लागेको सुनचाँदीको भाउ आइतबार पनि बढेको छ । सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेर ५६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । सुनमा लगानी गर्नेको संख्या बढेकाले महँगो भएको महासंघले जनाएको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा लगानी गर्नेको संख्या बढ्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्