प्रध्यापक महराले दिन्छन् स् लेखाको निःशुल्क अत्तिरिक्त कक्षा



दिपक बोहरा,दाङ१८ भदौ। व्यवस्थापन संकाय पढेका बिद्यार्थीहरुले लिनै पर्ने प्याकेज हो ः एकाउन्ट ट्याक्स र अडिट । यो प्याकेज व्यबस्थापन संकाय ९कमर्स० को कुनै पनि पाठ्यक्रममा समाबेश गरिएको हुदैन् । तर बिद्यार्थीको सहजर रोजगारका लागि एकदमै महत्वपूर्ण मानिन्छ । यो प्याकेज लिएका बिद्यार्थीलाई सरकारी तथा गैरसरकारी संस्थामा सहज रुपमा जागिर पाउन पनि मद्दत पुग्छ । यो प्याकेज बजारमा बिरैलै पढाई हुने गर्छ । यो प्याकेज पढाउन सक्ने सक्षम जनशक्तिको अभाबले गर्दा व्यावसायिक रुपमा जान सकेको छैन् ।

राप्ती ववई क्याम्पसका प्राध्यापक बिरेन्द्र महराले मात्रै बिद्यार्थीहरुलाई यो प्याकेज पढाई रहेका छन् । ‘उक्त प्याकेज पढेका बिद्यार्थीको बजार अत्यधिक माग रहेको छ’ प्राध्यापक महराले भने ‘बिद्यार्थीलाई जागिर खान सहज होस भनेर मैले निःशुल्क रुपमा यो प्याकेज पढाईरहेको छु ।’ सरल तरिकाले लेखा प्रणाली राख्न सक्ने भएकाले उक्त प्याकेजको महत्व धेरै रहेको प्राध्यापक महराले बताए । उनले भने ‘लेखा प्रणाली राख्ने हरेक क्षेत्रमा यो प्याकज पढेका बिद्यार्थीको आबश्यकता पर्छ ।’ किताबी ज्ञानले मात्रै पनि बिद्यार्थीले ब्यबस्थित रुपमा लेखा राख्न नसक्ने भन्दै यो प्याकेज महत्वपूर्ण रहेको उनले बताए ।

विद्यालयको नियमित कक्षाले सैद्धान्तिक शिक्षा मात्रै हुन्छ तर सहज रुपमा जागिर पाउनका लागि लागि प्रयोगात्मक शिक्षा आवश्यक पर्ने उनको भनाई छ । उनले भने ‘किताबी ज्ञानले मात्रै हुदैन्, सहज रुपमा जागिर पाउनका लागि प्रयोगात्मक शिक्षा पनि हुन जरुरी छ ।’ सोही प्याकेज पढेका बिद्यार्थी अहिले ठूला–ठूला बैंक तथा बित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, ठूला–ठूला उद्योग धन्दा, पसल, होटेलहरुमा काम गर्न सफल भएको उनको भनाई थियो । उनले भने ‘यो प्याकेजले व्यापारी र बिद्यार्थीबीच पुलको काम गरेको छ ।’ उनले थपे ‘अहिले व्यापारीहरुले पनि नसक्दा अनाबश्यक दण्ड जरिवाना तिर्न बाध्य भएका छन्, यसको समाधान यो प्याकेज अध्ययन गरेका बिद्यार्थीले मात्रै सक्छन् ।’

अहिले व्यापारीहरुले पनि दक्ष लेखापाल नपाएको अबस्थामा यो प्याकेजले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए । प्राध्यापक महराले बिगत तीन बर्षदेखि उक्त प्याकेज दिदै आएका छन् । बिज्ञान र प्रबिधिको तीब्र विकास भईरहेको अबस्थामा अब पुरानै शैलीबाट लेखा प्रणाली राखेर सम्भब नहुने उनको तर्क छ । दाङको राप्ती ववई क्याम्पस र काठमाडौंका केही कलेजहरुमा पढाई भईरहेको उक्त प्याकेज पढ्न लाखौ तिर्नुपर्ने भएपछि उनले निःशुल्क शिक्षा दिदै आएका छन् ।
प्याकेजले सहजै जागिर पाए स् केसी

रुकुमका भिम प्रकाश केसीमा किताबी ज्ञान मात्रै थियो । प्रयोगात्म शिक्षा थिएन् । उनलाई लेखा सम्बन्धी काम कसरी गर्ने भन्ने बारेमा प्रयोगाात्मक शिक्षा लिएका थिएनन् । राप्ती ववई क्याम्पसमा व्यबस्थापन संकायमा अध्ययनरत उनीले व्यबस्थापनबाटै प्लस टु त पास गरे । तर लेखा सम्बन्धी काम कसरी गर्ने भन्ने बिषयमा पूर्ण रुपमा जानकारी पाएनन् । यो समस्या केसीको मात्रै होईन, हरेक बिद्यार्थीको समस्या हो ।

यस्तै समस्यालाई मध्यनजर गर्दै प्राध्यापक बिरेन्द्र महराले तीन महिने प्याकेज बनाएर लेखा सम्बन्धी निःशुल्क प्रयोगात्मक शिक्षा दिन थाले । उक्त प्याकेज रकुमका भिम प्रकाशले पनि लिए । प्याकेज लिएपछि उनलाई व्यबस्थित रुपमा लेखा राख्ने बिषयमा जानकारी पाए ।अहिले उनी दाङ तुलसीपुरकै एउटा पसलमा लेखापाल भएर जागिर खाईरहेका छन् । ‘महरा सरले दिएको प्रयोगात्मक शिक्षा लिएर सहजै जागिर पाउन सफल भयौ’ उनले भने ‘व्यबस्थापन संकाय पढ्ने सबै बिद्यार्थीले सहज जागिर पाउनका लागि उक्त कक्षा अपरिहार्य छ ।’ उनले थपे ‘महरा सरले कुनै किताबमा भएको पाठ्यक्रमलाई नभई लेखाको लागि चाहिने व्यबहारीक शिक्षा दिनु हुन्छ, जसले गर्दा हामीले किताब भन्दा बढि व्यबहारिक ज्ञान सिक्न पाउछौं ।’

साथै उनले यो प्याकेज ब्यावसायिक रुपमा जान सकेमा मात्रै लेखा सम्बन्धी दक्ष जनशक्ति पाउन सकिने पनि बताए । उनले भने ‘हामीले महरा सरले दिएको यो प्याकेज पढेर यति जान्न पायौं, तर सबै कमर्स पढ्ने बिद्यार्थीले यो प्याकेज लिन पाउनु भएको छैन् ।’ जसले गर्दा अहिले संख्यात्मक रुपमा लेखा पढेका बिद्यार्थी धेरै भएपनि गुणात्मक रुपमा कमी आएको उनको तर्क थियो ।

उक्त प्याकेज दाङमा तुलसीपुरको राप्ती ववई क्याम्पसमा मात्रै पढाई हुने उनले जानकारी दिए । ‘त्यो प्याकेज दाङको तुलसीपुरस्थित राप्ती ववई क्याम्पसमा मात्रै पढाई हुन्छ’ उनले भने ‘त्यही प्याकेज काठमडौं पढ्न जाने हो भने एक हप्ताको ३०÷३५ हजार रुपैया“ तिर्नुपर्छ । ’
प्याकेज अमूल्य छ स् प्राध्यापक शर्मा
राप्ती ववई क्याम्पसमा व्यबस्थापन संकायका शिक्षक सुर्यप्रसाद शर्माले राप्ती ववई क्याम्पसमा उक्त प्याकेज निःशुल्क रुपमा पढ्न पाउनु खुसीको कुरा भएको बताएका छन् । प्राध्यापक शर्माले त्यो कोर्ष पुरा गर्न करिब १ लाख रुपैया“सम्म तिर्नुपर्ने भएपछि बिद्यार्थीले निःशुल्क रुपमा पढ्न पाउनु खुसीको कुरा भएको उनको भनाई थियो । ‘यो कोर्ष बिरलै पढ्न पाईन्छ’ उनले भने ‘तर उहा“ सरले बिद्यार्थीहरुको सेवाका लागि निःशुल्क रुपमा पढाउनु भएको छ, यो खुसीको कुरा हो ।’ सहज रोजगारका लागि यो प्याकेज महत्वपूर्ण भएको उनको भनाई थियो ।
तलब नलिएरै पढाउछन्, महरा
तुलसीपुर उपमहानगरपालिका– ६ हात्तीखौवा मदननगर घर भएका महराले बिगत १८ बर्षदेखि राप्ती ववई क्याम्पसमा अध्यायपन गराउदै आएका छन् । त्यस मध्य बिगत तीन बर्षदेखि उनले बिद्यालयबाट तलब समेत लिने गरेका छैनन् ।

बिद्यार्थी जीवनमा सामान्य परिवारमा हुर्केका उनीले गरीब, बिपन्न तथा जेहेन्दार बिद्यार्थीको मर्म बुझेर तलब नलिएरै बिद्यार्थीहरुलाई पढाउन थालेको उनले बताए । ‘सामान्य परिवारमा रहेका बिद्यार्थीहरुको पढाईमा कति खर्च हुन्छ भन्ने कुरा मैले बुझेको छु’ उनले भने ‘त्यसैले गरीब तथा विपन्न परिवारलाई निःशुल्क शिक्षा दिन मैले आफ्नै तलव पनि लिएको छैन् ।’ उनी लेखा परीक्षक, लेखा प्राबिधिक पनि हुन् । लेखा परीक्षक, लेखा प्राबिधिकमार्फत आफ्नौ दैनिकी चलिहेको भन्दै उनले निःशुल्क शिक्षा दिने बताए ।

राप्ती ववई क्याम्पसमा व्यबस्थापन संकायको पढाई सुरु गर्न उनको शैक्षिक योग्यताको प्रमाणपत्र राखिएको थियो । लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेका महराले शिक्षाको गुणस्तर बढाउन अभिभावक, शिक्षक र बिद्यार्थी क्रियाशील हुनुपर्ने तर्क राखे ।

उत्कष्ट विद्यार्थीका लागि अक्षय कोष
प्राध्यापक महराले उत्कृष्ठ बिद्यार्थीका लागि राप्ती ववई क्याम्पस तुलसीपुरमा अक्षय कोष पनि स्थापन गरेका छन् । बिबिएस प्रथम बर्षमा उत्कृष्ठ नतिजा ल्याउने छात्राहरुका लागि दुई लाख अक्षयकोष स्थापन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्