घोराहीमा ड्याटसन सर्भिस सेन्टर सञ्चालन



 

सैघाली खबर

घोराही, १८ भदौ  घोराहीमा ड्याट्सन सर्भिस सेन्टर सञ्चालनमा आएको छ । राप्ती अटो टे«डिङले घोराहीको रतनपुरमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । सर्भिस सेन्टरको घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपानले उद्घाटन गर्नुभएको छ ।
वर्कसपका सञ्चालनक दुर्गा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानले राप्ती अटो ट्रेडिङसँगै सर्भिस सेन्टरले ग्राहकहरुलाई सेवासँगै जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा राप्ती अटो टे«डिङका सञ्चालक भोलानाथ योगीले सर्भिस सेन्टर अत्याधुनिक रहेको बताउनुभयो । योगीले सर्भिस सेन्टरवाट हुने कमाई आफुले सञ्चालन गरेको बालआश्रममा बस्ने बालबालिकाहरुको पालनपोषनसँगै शिक्षामा लगाउने जानकारी दिनुभयो । कार्यक्रममा हिन्दु विद्यापिठका संरक्षक चिन्तामणि योगी, घोराही उपमहानगरपालिका– १५का वडा अध्यक्ष रमेशकुमार पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथाकी, डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद पौडेल, दाङ जिल्ला उद्योग बाणिज्य सघका सदस्य पिताम्वर शर्मा, दाङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल, त्रिभुवन नगर जेसिजका अध्यक्ष दिपक शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले सुविधा सम्पन्न सर्भिस सेन्टरले अटोका क्षेत्रमा स्तरिय सेवासँगै जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्