मुख्य समाचार

सत्य निरुपण तथा मेलमिलाप आयोगद्धारा दाङमा एक मुद्धाको छानविन सुरु

By थाहा अनलाइन

September 03, 2017

समिक्षा गाहा

दाङ,१८ भदौ । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्द्धका समयमा ज्यान गुमाएका र बेपत्ता परीवारहरुको छान बिन शुरु गरेको छ। प्रदेश नं ५ को मुकाम तुलसीपुर छान बिन शुरु गरेको स्थानिय शान्ति समिति दाङले जनाएको छ ।शशस्त्र द्धण्द्धका क्रममा भएका दाङबाट सत्य निरुपण तथा मेल मिलाप आयोगमा एक हजार पाँच सय दुई वटा मुद्धा दर्ता भएको स्थानिय शान्ति समिति दाङका सचिव पहिलो चरणमा आयोगले दाङका एक सय मुद्धामा अनुसन्धान सुरु गरेको सचिव हेमराज   अधिकारीको भनाई छ । शसस्त्र द्धन्द्धका क्रममा राज्य र विर्दाेही पक्षबाट सख्या ६ सय दुईको हत्या भएको थियो । यस्तै १ सय १३, वेपत्ता,२ सय ९० अपहरण , ३ सय ७, घाईते अपाङ,८ सय १४ सम्पति क्षति , ५ सय ४५ विस्थापित , ५ आमा बा गुमाएका कार्यालयको तथ्थाङका उल्लेख गरिएको छ ।उनीहरुलाइ राज्य सरकारले राहत रकम प्रदान गरेको छ। उनीहरुको अबस्था हेरेर सोही अनुसार रकम प्रदान गरेको सचिब अधिकारीले बताउनु भयो। द्धन्द्धका समयमा धेरै घरवार बिहिन भए बिचल्लीमा परे सोहीका परीवारलाइ राहत रकम प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

हत्या गरिएका प्रत्येक परिवारका ५ सय ९ सदस्यले प्रति ब्यक्ति १० लाख रकम र बेपत्ता भएका ६६परीवारले पनि प्रतिब्यक्ति १० लाखका दरले रकम प्राप्त गरेका उहाँले जानकारी दिनुभयो ।यस्तै अपहरणमा परेका २ सय २६ जनाका परीवारले प्रतिव्यक्ति २५ हजारका अपाङग १ सय ९० जना ब्यक्तिले उसको अबस्था अबलोकन गरी १० हजार देखि ५० हजार सम्म, वितरण गरेको कार्यालय ले जनाएको छ । पुर्ण घाईते ६ हजार देखि १२ हजार सम्म, सम्पति क्षती १२ जनाले ,बिस्थापित २ सय ,टुहुरा ५ जनाले राज्यले तोके बमोजिमको रकम प्राप्त गरेको अधिकारीले बताउनु भयो। जम्मा राहत रकम पाउनेको सख्यां १ हजार २ सय ८ रहेको छ। र द्धन्द्ध पीडीतहरुको लागी राज्यले कुनै पनि किसीमको सिपमुलक कार्यक्रमको आयोजना गरेको छैन। र स्थानीय निकाय बाटै नै यस्को पहल हुन नसकेको  उहाँले वताउनुभयो ।