अल्ट्रालाइट विमान दुर्घटना



काठमाडौं । पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराएका छन् ।
सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल रहेका छन् । कार्यालयका अनुसार सो विमानमा सामान्य क्षति भएको छ । विमानको पखेटा भाँच्चिएको र अगाडिको सिसा फुटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्