बालकृष्ण पाण्डे, हापुरे ।
बबई गाउपालिका स्तरीय अपांग समन्वय समिती को पहिलो बैठक आज बबई गाउपालिकामा सम्पन्न भएको छ । बबई गाउपालिका स्तरीय अपांग समन्वय समितीका सम्योजक साबित्रा बिश्वकर्माको अध्यक्षतामा आज बसेको बैठकले बबई गाउपालिकामा अपाङ्गता भएका ब्यक्तीहरुलाई अपाङ्गहरुको परिचयपत्र बितरण समबन्धी कार्यबिधी २०७५ बमोजिम परिचय पत्र बितरण गर्ने निर्णय गरेको छ ।
साथै बैठकले सबै प्रकारका अपांग हरुलाइ यहि मिति २०७६ साल जेष्ठ २ गते सम्म आफ्नो वडा कार्यलयमा सम्पर्क गर्न समेत अपिल गरेको छ ।
यसरी वडामा आयका निबेदनको ढाचा र वडाले गरेको सिफारिस अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले परिचय पत्र प्राप्त गर्न सक्ने बबई गाउपालिकाका उपाध्यक्ष एब बबई गाउपालिका स्तरीय अपांग समन्वय समिती का सम्योजक साबित्रा बिश्वकर्मा ले जानकारी दिनुभएको छ । यसैबिच आजको बैठक ले बालाराम महतरा , टीका पौडेल , र झग्गु बिक लाई समितीमा मनोनित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।