काठमाडौँ । पछिल्लो समय खरो र प्रखर बक्ताको रूपमा प्रतिनिधिसभामा स्पष्ट बोल्ने र माग राख्ने बक्ताको रूपमा चिनिन्छन्- प्रकाश रसाइली स्नेही । बझाङ जिल्लाबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गरी प्रदेशसभा सदस्य रहेका रसाइलीले राष्ट्रियता, महिला हिंसा, बलात्कार र दलित समुदायका हक, अधिकार र जातीय विभेद विरुद्ध चर्को आवाज सदनमा उठाउँदै आएका छन् । बैशाख २४ गते प्रतिनिधिसभामा उठाएका विषयहरुः
सम्माननीय सभामुख महोदय ,
कम्युनिस्टले गर्दा राष्ट्रवाद, कांग्रेसले गर्दा राष्ट्रघात ?
बुढिगण्डकी योजना बिना प्रतिस्पर्धा चिनियाँ गेजुवा कम्पनीलाई किन दिइयो ?
त्यो कम्पनी नेपाल आफै संचालन गर्ने भनेर हरेक नेपालीबाट ५ रुपैयाँ पेट्रोलियम पदार्थमा वृद्धि गरी लिइयो । यो कहिले घटाइन्छ ?
माघ ११ गते संसदमा जबर्जस्त पास भएको चिकित्सा शिक्षा बिधेयकमा सरकारले त्यतिबेला अब गोबिन्द केसी लगायत प्रतिपक्ष दलले दिपावली मनाउनुस् भन्यो तर मेडिकल माफियाहरुले अहिले विद्यार्थीलाई कोठामा थुनेर मेडिकलको गेटमा दलालहरु राखेर फि लिइरहेका छन् सरकार कहाँ लुकेर बसेको छ।
सभामुख महोदय ,
सरकारले दलितहरुका बारेमा यो नीति तथा कार्यक्रममा कहि लेखेको छैन १५ महिना भयो दलित आयोग किन गठन भएन ? दलित बिकास समिती किन खारेज गरियो ? नेपालमा अहिले दिनमा दुई गुणा र रातमा सय गुणा जातीय बिभेदका घटना घटिरहेका छन् प्रधानमन्त्री ज्यू, जवाफ चाहियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।