म्यानपावरहरुको विवरण अध्यावधिक आइतबारसम्म



काठमाडौं ।वैदेशिक रोजगार विभागले इजाजत प्राप्त संस्थाहरुलाई अनलाईन सूचना प्रणालीमा विवरण अध्यावधिक गर्न यही बैशाख २९ गतेसम्मको म्याद दिएको छ । विभागको गत बैशाख १३ को निर्णयानुसार गत २३ गते सोमबारदेखि २९ गते आइतबारसम्म विवरण बुझाउन जानकारी दिएको हो ।

विभागले म्यानपावर कम्पनीहरुले आफ्नो विवरण अनलाईन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्नसक्ने भन्दै तोकिएको अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलाईन मार्फत संचालन हुने कारोवार बन्द गरिने बताएको छ ।

हाल म्यानपावर कम्पनीहरुले अनलाईन प्रणाली मार्फत विभागको काठमाण्डौं कार्यालय ताहाचलमा पूर्व र अन्तिम श्रम श्रम स्वीकृतिका लागि कागजपत्र पेश गर्ने गरेका छन् भने अन्य सूचनापनि अनलाईन मार्फत नै पेश गर्नुपर्ने व्यवस्था छ ।
त्यसैगरी विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप मुलक तालिम सञ्चालनका लागि अनुमतिलिन निवेदन दिन एक्काईस दिने सूचना सार्वजनिक गरेको छ ।

बैशाख २४ गते मंगलबारको मितिमा गरिएको सार्वजनिक सूचना अनुसार विभागका दिईने आवेदन विभागको वेभसाईटबाट डाउनलोड गरि प्रयोग गर्न सकिने छ ।
आवेदन दिदा स्थानीय तहको सिफारिश, करचुक्ता र नवीकरण सहित विभिन्न ११ प्रकारका कागजात सम्लग्न गर्न विभागले आग्रह गरेको छ । सूचीकृत हुने संस्थाले वेल्डर फिक्चर, मेसन रिसेप्सनिष्ट सहित २० प्रकारका तालिम दिन पाउने छन् ।

स्रोत -मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्