बैदेशिक रोजगार

म्यानपावरहरुको विवरण अध्यावधिक आइतबारसम्म

By थाहा अनलाइन

May 09, 2019

काठमाडौं ।वैदेशिक रोजगार विभागले इजाजत प्राप्त संस्थाहरुलाई अनलाईन सूचना प्रणालीमा विवरण अध्यावधिक गर्न यही बैशाख २९ गतेसम्मको म्याद दिएको छ । विभागको गत बैशाख १३ को निर्णयानुसार गत २३ गते सोमबारदेखि २९ गते आइतबारसम्म विवरण बुझाउन जानकारी दिएको हो ।

विभागले म्यानपावर कम्पनीहरुले आफ्नो विवरण अनलाईन प्रणालीमा आफ्नै लगइन मार्फत अध्यावधिक गर्नसक्ने भन्दै तोकिएको अवधिमा पनि विवरण अध्यावधिक नगर्ने इजाजतपत्रवालाहरुको अनलाईन मार्फत संचालन हुने कारोवार बन्द गरिने बताएको छ ।

हाल म्यानपावर कम्पनीहरुले अनलाईन प्रणाली मार्फत विभागको काठमाण्डौं कार्यालय ताहाचलमा पूर्व र अन्तिम श्रम श्रम स्वीकृतिका लागि कागजपत्र पेश गर्ने गरेका छन् भने अन्य सूचनापनि अनलाईन मार्फत नै पेश गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप मुलक तालिम सञ्चालनका लागि अनुमतिलिन निवेदन दिन एक्काईस दिने सूचना सार्वजनिक गरेको छ ।

बैशाख २४ गते मंगलबारको मितिमा गरिएको सार्वजनिक सूचना अनुसार विभागका दिईने आवेदन विभागको वेभसाईटबाट डाउनलोड गरि प्रयोग गर्न सकिने छ । आवेदन दिदा स्थानीय तहको सिफारिश, करचुक्ता र नवीकरण सहित विभिन्न ११ प्रकारका कागजात सम्लग्न गर्न विभागले आग्रह गरेको छ । सूचीकृत हुने संस्थाले वेल्डर फिक्चर, मेसन रिसेप्सनिष्ट सहित २० प्रकारका तालिम दिन पाउने छन् ।

स्रोत -मध्यान्ह