सैघाली खबर,घोराही ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ को दुई गाउँमा आगोले २० घरगोठ जलेर नष्ट भएका छन् ।
वडा नम्बर १ को तल्लो माले र सिरुखर्कका गाउँमा जंगलबाट आएको आगोले २० घरगोठ जल्दा लाखौ रुपैयाँको क्षति भएको छ ।
वन क्षेत्रबाट आएको आगो गाउँमा पस्दा मानविय क्षति नभए पनि घर गोठ पूर्णरुपमा जलेर नष्ट भएका छन् । गोराखे वन क्षेत्रबाट आएको आगोले सल्लीबोट सामुदायीक तल्लो मालेका ६ घर र २ गोठ पूर्णरुपले जरेर नष्ट भएको छ ।
तल्लो मालेका चुमानसिंह बिष्टको घरगोठ जल्दा करिब ६ लाख रुपैयाँको क्षति भएको छ । त्यसैगरी सोही ठाउँकै गोमबहादुर घर्तीको २ वटा घरमा आगलागि हुदा ११ लाख ५० हजार रुपैयाँको क्षति भएको छ ।
अर्का स्थानिय टुकलाल घर्तीको टीनले छाएको एउटा घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुईवटा घर तथा एउटा गोठ जल्दा करिब ७ लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दाङले मुचुल्का तयार पारेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।