दशै देखि दाङमा नियमित हवाई सेवासुरु हुने




जनक नेपाली
दाङ,१८ भदौ ।
निरन्तर अवरुद्ध दाङको टरिगाउँ एयरपोर्टमा अबदेखि नियमित हवाई सेवा सुचारु हुने भएको छ । तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट सञ्चालनका लागि तुलसिपुर उपमहानरपालिका जनप्रतिनिधि मण्डलले आज सोमबार राष्ट्रिपति, उपराष्ट्रिपति,सभामुख, प्रधानमन्त्री, पराष्ट्रमन्त्रीलाई संग भेटघाट गर्दै आगामी दशै देखि नै जिल्लाबाट नियमति हवाई सेवा सुचारु गर्ने आश्वासन पाएको तुलसिपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो । भेटघाटका क्रममा टरिगाउँ एयरपोर्टमा नियमीत उडान र स्तरवृद्धिका वारेमा माग सबैसंग छलफल भएको वताउनुभयो । टोली संग दाङको एरपोर्ट नियमित उडान गर्ने विषयमा कुरा गर्दै राष्ट्रपति बिद्या भण्डारीले दाङको टरिगाउँ एरपोर्ट सबै भन्दा पुरानो एरपोर्ट भएको भन्दै त्यसलाई नियमित उडान ल्याउन पहल गर्ने वताउनुभयो । म यस विषयमा म गम्भिर बनेको छु भन्नुभयो । विमान स्थल निर्माणका लागि राज्यले करोडौ रुपैयाँ लगानी गरेको वताउदै राष्ट्रपति भण्डारीले कुनै पनि हालतमा दशै अगाडी नै दाङबाट विमान सेवा सुचारु गर्ने बताउनुभयो ।

मन्त्री महराद्धारा आपूर्ती र आयल निमगलाई हवाई ईन्धनको व्यवस्था गर्न निर्देशन
त्यस्तै टोली संग भेटघाट परराष्ट मन्त्री कृष्णबहादुर महराले दाङमा अब सुचारु हुने बिमानका लागि आबश्यक पर्ने हवाई ईन्धनको व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । टोली संग भेटघाटकै क्रममा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमकामा महानिर्र्देशकलाई टेलिफोन गरी तत्कालन ईन्धनको व्यवस्थापन गर्ने आग्रह गरेको सैघाली खबर संग कुरा गर्दै उपमहानरपालिका प्रवत्ता श्याम डाँगीले वताउनुभयो । विमानलाई अबश्यक पर्ने ईन्धन कसरी उपलव्ध गराउन सकिन्छ त्यसबारेमा तपाई हरुले अवको एक दुईदिनमै त्यस क्षेत्रको सर्वे गरेर अबस्थाका बारेमा मलाई जानकारी दिनुस परराष्ट्र मन्त्री महराले भन्नुभयो । दाङको हवाई सेवा सञ्चालनका लागि आफुले भुमिका खेल्ने बताउनुभयो ।

 


नेपालगंजबाट हवाई ईन्धन ल्याउने तयारी
दाङको हवाई सेवा निममित गर्नका लागि नेपालगंजबाट हवाई ईन्धन ल्याउँने तयारी भएको छ । त्यसका लागि तुलसिपुर उपमहानरपालिकले पहल थाल्ने प्रवक्ता श्याम डागीले जानकारी दिनुभयो ।नियमति हवाई सेवा सञ्चालनका लागि ईन्धन डिपो स्थापना नहुदा सम्म ट्याङ्करबाट भएपनि हवाई ईन्धन ल्याउने गरी तयारी भैरहेको डाँगीको भनाई छ । हवाई ईन्धन कति लाग्छ त्यसबारेमा पहिले सञ्चालनमा आएका एरलाइन्सहरु संग कुरा भैरहेको छ — त्यसपछि नियमति उडान गर्ने अबस्था आयोभने जसरी भएपनि हवाई ईन्धन दाङमा ल्याउछौ डाँगीले भन्नुभयो ।

चारवटा एरलाईन्स संग छलफल
दाङमा सञ्चालन गरिने विमानका बारेमा चार वटा एरलाईन्स संग छलफल भैरहेको तुलसिपुर उपमहानरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकलले जानकारी दिनुभयो। बृद्ध,श्री,सौर्य र गोमा एर सगं छलफल भैरहेको नेपालीले वताउनुभयो । सम्पुर्ण टिकटको जिम्मा तुलसिपुर उपमहानरपालिकाले लिने वताउँदै अब यी विमान कम्पनी मध्य एउटा संग अबको एक दुईदिनमै सम्झौता हुने उहाँको भनाई छ । दाङमा १८ सिटेमात्र क्षमताको विमान संचालनमा आउने सक्ने वताउँदै साना विमान कम्पनि संग छलफल भएको नेपालीेले जानकारी दिनुभयो तुलसिपुर उपमहानरपालिकाका मेयर घनश्याम पाण्डेको नेत्रित्वमा , कार्यपालिका सदस्य श्याम डाँगी,अमर नेपाली, माईकल , कुमार लामिछाने,घनश्याम ढकाल,नवराज लामिछाने सहभागि हुन भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्