आज रेडक्रमस दिवस मनाईंदै



 

सैघाली खबर
दाङ, १९ भाद्र

आज रेडक्रस दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि, के तपाईंलाई थाहा छ ?’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटीले दिवस मनाउन लागेको बताएको छ । वि.सं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको स्मरणमा दिवस मनाउने गरिएको छ । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापनलगायत रेडक्रसका गतिविधिको बारेमा अन्तरक्रिया, बाढी पहिरो प्रभावितलाई राहत वितरणलगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाउन लागिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५०८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल रहेको रेडक्रस सोसाइटीले जनाएको छ । रेडक्रसमा विभिन्न निकायमा गरी ९० हजार स्वयंसेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य रहेको रेडक्रस सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलले जानकारी दिनुभयो । रेडक्रसका अनुसार अहिले मुलुकका २८ जिल्लामा लक्षित गरी बाढी तथा पहिरो प्रभावित नागरिकलाई तत्काल सहयोगका लागि एक हजार तीन सयभन्दा बढी रेडक्रसका स्वयंसेवक तथा कर्मचारी प्रभावित क्षेत्रमा खटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्