तेस्रो चरणको निर्वाचनको तयारी पुरा



 

सैघाली खबर
काठमाडौं,१९ भाद्र

निर्वाचन आयोगले प्रदेश नम्वर २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारी पुरा भएको जनाएको छ । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयमा कर्मचारी खटाउने र मतदान केन्द्रमा खटिने कर्मचारीको लगत संकलन गरेर जिल्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतसंग बुझाउने काम सम्पन्न गरेको छ । यस्तै मतदाना नामावली र परिचय पत्र तथा मतदान सामाग्री पु¥याइसकेको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै उहाँले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको पुर्व तयारी काम भइरहेको बताउनुभयो । यसैबीच प्रवक्ता ढकालले केन्द्र रप्रदेशको निर्वाचन सम्बन्धी कानुन बन्नमा ढिलाई भइरहेकाले आयोगलाई निर्वाचन गराउन अफ्ठ्यारो आइपरेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्