इन्द्र नेपाली ,तेह्रथुम ।
पुर्बी पाँचथरको हिलिहाङ गाउँपालिका बालिका विवाह गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउपालिका वडा नं। ७ बस्ने २३ वर्षिय चक्र तामाङ रहेका छन् ।
तेह्रथुमको आठराई गाँउपालाका बस्ने एक वालिकालाई फिदिम स्थित शिव मन्दिरमा ल्याई सिन्दुर पोते समेत गरि विवाह गरेको अभियोगमा तामाङ बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरीको आधारमा तामाङलाई पक्राउ गरी आज वाल विवाह मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए।वालिका कक्षा आठमा अध्ययनरत गरि रहेकी छिन।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।