अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि सैन्य कारवाही गर्ने अमेरिकी चेतावनी

By थाहा अनलाइन

September 04, 2017

 

सैघाली खबर काठमाडौं,१९ भाद्र

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिनु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि रक्षामन्त्री म्याटिसले उत्तर कोरियामाथि सैन्य कारबाहीको चेतावनी दिनु भएको हो । ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री म्याटिसले अमेरिकासँग आफ्नो देश र सहयोगी मुलुकहरु दक्षिण कोरिया र जापानको रक्षा गर्न सक्ने क्षमता रहेको बताउनुभयो । उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण छ ।