खेलकुद

राष्ट्रिय मिडियाकप फुटसल फाइनल आज

By थाहा अनलाइन

September 04, 2017

 

सैघाली खबर काठमाडौं,१९ भाद्र

सुर्य कुमार स्मृति दोस्रो राष्ट्रिय मिडियाकप फुटसल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ । पहिलो चरणमा सेमिफाइनल र त्यसपछि फाइनल खेल हुनेछ । समूह ए बाट खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको समूह र समूह बि बाट माउन्टेन टेलिभिजन र नेपाल टेलिभिजन सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल तथा फाइनल खेल आज बिहान हुनेछ । विजेता टोलीले ५० हजार पुरस्कार पाउनेछ भने उप विजेताले २५ हजार नगद पाउनेछ ।