उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक



 

सैघाली खबर
काठमाडौं,१९ भाद्र

नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले हिजो सार्वजनिक गरेको उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ र शरद भेषावकर पर्नुभएको छ । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषावकर, ब्याड्मिन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् । महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भट्टराई र बाड्मिन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नुभएको छ । कान्छिमाया कोजु पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएको छ । वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, भलिबलका प्रतिभा माली, भारत्तोलनकी प्रतिभा माली, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटका दीपेन्द्रसिंह ऐरी परेका छन् । यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा रहनुभएको छ । वर्षको उत्कृष्ट पुरूष, महिला र प्रशिक्षकले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ठ युवा खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्