राजवल्लभले गरे प्रतिमासँग इन्गेजमेन्ट



 

सैघाली खबर
काठमाडौं,१९ भाद्र

नेपाली चलचित्र क्षेत्रमा कुनै समय चर्चित रहेका नायक राजवल्लभ कोइरालाले अमेरिकामा नै इन्गेजमेन्ट गरेका छन् । अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीसँग उनले इन्गेजमेन्ट गरेका हुन् ।
राजवल्लभ र प्रतिमाका इन्गेजमेन्टका तस्बिरहरु उनका साथीहरुले फेसबुकमा पोष्ट गर्दै वधाइ दिएका छन् । राजवल्लभले भने यो बिषयमा केही पनि लेखेका छैनन् ।

चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका थिए । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् । सेप्टेम्बरमा इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्नेछन् । उनीहरुविच प्रेम रहेको वुझिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्