कुहिएको स्याउको बिगबिगी




जनक नेपाली
दाङ, १९ भदौ ।दाङका विभिन्न बजारमा कुहिएको स्याउको बिगबिगी बढ्न थालेको छ । सस्तो मुल्यमा सर्वसाधारणले कुहिएको स्याउ पाएपछि उपभोग गर्दै आएको उनिहरुले वताएका छन् । बजारमा सय रुपैयाँको डेढ किलो सम्म स्याउ पाएपछि सर्वसाधारण कुहिएको स्याउ उपभोग गर्न बाध्य भएको घोराही १२ का शान्ति चौधरीले वताउनुभयो । जिल्लाको घोराही,तुलसिपुर ,नारायणपुर, लमही,भालुवाङ लगाएतका बजारमा कुहिएको स्याउ खुलेआम विक्री वितरण हुदै आएको छ । भारतका विभिन्न स्थानबाट महिनौ दिन सम्म थन्काएर राखिएका स्याउ नेपाली बजारमा भने राम्रो व्यापार हुदै आएको चौधरीले वताउँनुभयो । ठेलामा बेच्न लिएका स्याउ देख्दा बाहिर बाट राम्रो भएपनि भित्र कुहिएको,किरा परेको अबस्थामा भेटिएको चौधरीको भनाई छ ।ठेला व्यापारीहरुले सर्वसाधारण नागरिकलाई कुहिएको खुलेआम विक्रि गर्दा सम्म पनि स्थानिय प्रशासन चुप लागेर बसेकोे चौधरीले गुनासो गर्नुभयो ।

घोराही उपमहानरपालिकाले आज बजार अनुगमन गर्ने

त्यस विषयमा कुरा गर्दै घोराही उपमहानरपालिकाका उपमेयर सिता न्यौपानेले तत्काल बजार अनुगमन गर्ने वताउनु भएको छ । म अहिले नै कार्यालयबाट बजार अनुगमन गर्न पठाउछु उहाँले भन्नुभयो । अहिले सम्म बजारमा यस्तो कालो बजारी भएको सूचना कसैबाट प्राप्त नभएको बताउँदै तत्काल आज नै बजार अनुगमन गर्नका लागि कर्मचारीलाई निर्देशन गरेको उहाँले वताउनुभयो ।

उद्योग वाणिज्य संघले कारवाही गर्ने

यस्तै उद्योग वाणिज्य संघ दाङका कार्यवहाक अध्यक्ष टंकसिह बुढाथोकीले यस बारेमा आज दिउसो बस्ने बैठकमा छलफल हुने वताउनुभयो । यो भन्दा पहिले पनि त्यस बारेमा घोराही उपमहानरपालिका संग छलफल भएको वताउँदै तत्काल अब बजार अनुगमन गर्ने उहाँ वुढाथोकीको भनाई छ । ठेला व्यापारीले पटक पटक भन्दा पनि नमानेको वताउँदै अव पनि यस्तो भेटिए कारवाही गर्ने वताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्