जनवकालत तथा मेलमिलाप बारे तालीम सम्पन्न



सैघाली खबर,
दाङ,१९ भदौ।
घोराही उपमहानगरपालीका वडा नं १२ हापुर, बिजौरीमा जनवकालत तथा मेलमिलाप बारे तालीम सम्पन्न भएको छ।दलित महिला सघ दाङको आयोजना फाउण्डेसन फर जष्ट शोसाइटीको सहयोगमा एकिकृत कार्यगत सञ्जालका सदस्य तथा दलित महिला समुहका सदस्यहरुलाइ उतm तालीम दिइएको थियो।

तिन दिन सम्म सञ्चालन भएको कार्यक्रममा स्थानीय तहमा सरकारवालाहरु सग कसरी वकालत गर्ने, महिलाहरुको पहुचमा कसरी बृद्धि गर्ने, समुदायमा हुने झै झगडालाइ समुदाय स्तरमा कसरी मिलाउने शान्त र समुन्नत समुदाय कसरी बनाउने लगाएतका बारेमा प्रशिक्षण दिइएको सस्थांका कार्यक्रम सयोंजक पोषण सेन्चुरीले जानकारी दिनु भयो।

एकिकृत कार्यगत सञ्जालका अध्यक्ष शान्ति चौधरीको अध्यक्षता तथा वडा सदस्य शान्ता सेर्पाइलीको प्रमुख आतिथ्यतामा तालीमको समापन गरीएको हो।

समापन अबसरमा प्रशिक्षकहरु निर्मल नेपाली,जानका रेग्मी,सस्थाका कार्यक्रम सयोजक पोषण सेन्चुरी,प्रशिक्षार्थीबाट इश्वरा केसी लगाएतकाले कार्यक्रममा आफ्नो बिचार राख्नु भएको थियो।कार्यक्रमको सहजीकरण सस्थाकी सामाजिक परीचालीका जानकी विश्वकर्माले गर्नु र्र्भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्