संसद बैठकः एमाले सांसद सिंहको निधनमा शोक प्रस्ताव पारित



सैघाली खबर,
काठमाडौँ,१९ भदौ ।व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले आजको बैठकमा सो शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

नेकपा एमालेका तर्फबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट विसं २०५६ मा राष्ट्रियसभामा उहाँले प्रतिनिधित्व गर्नुभएको थियो । बाम प्रजातान्त्रिक आन्दोलनमा उहाँको अथक योगदान रहेको थियो ।

बैठकले स्व सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक आज १ बजे बस्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्