यसरी घरमै बनाउनुहोस् पिज्जा



  • सामग्री
    गहुँको पिठो, टमाटरको सस, पनिर, मसाला र अन्य सागसब्जी मिसाएर यो तयार हुन्छ । पिज्जालाई फरक–फरक किसिमले बनाउन सकिन्छ । यहाँ हामीले प्रचलितमध्येको एक मार्गेरिटा पिज्जा बनाउने तरिका प्रस्तुत गरेका छौँ ।
    डो
    पिज्जाका लागि सबैभन्दा पहिले डो बनाउनुपर्छ । यसका लागि गहुँको पिठो, पानी, चिनी र ओलिभ तेलको मात्रा मिलाउनुपर्छ ।
    यी सबै समावेश गरेर राम्ररी मुछ्नुपर्छ । सजिलोका लागि सा–साना डल्ला पारेर मुछ्न सकिन्छ । मुछेर एकदेखि डेढ घन्टासम्म हावा नर्छिने ठाउँमा राखेपछि डो तयार हुन्छ ।
    सस
  • गोलभेडाको सस बन्छ । त्यसैले, सबैभन्दा पहिला गोलभेडालाई उसिनेर बाहिरको बेक्रा र बिउ निकाल्नुपर्छ । अनि काटेर
    लेदो पार्नुपर्छ ।
  • तातेको तेलमा अदुवा, प्याज, तेजपत्ता र सेलरी नामक हर्ब राखेर एक छिन चलाउनुपर्छ । यसमा मसिनो गरी काटेको गाँजर पनि राख्न सकिन्छ । अन्तिममा अघि उसिनेर काटेको गोलभेडा राख्नुपर्छ । यसमा नुन र मरिच राखेर पकाउनुपर्छ ।
  • चाखेर हेर्दा धेरै अमिलो लागेमा अलिकति चिनी र धेरै गुलियो भएमा भिनेगर राख्न सकिन्छ । यसमाथि ओरिगानोका पात राखेर चलाउँदा छुट्टै खालको स्वाद आउँछ ।
  • डोलाई बेलेर रोटी बनाउने र त्यसमाथि सस राख्नुपर्छ । ठीक मात्रा मिलाएर त्यसमाथि मोजरेला चिज राख्नुपर्छ । यसरी मार्गेरिटा पिज्जा बन्छ । यसमा मनपर्ने खानेकुरा राखिन्छ अनि ओभनमा राखेर पकाउनुपर्छ ।
  • आफ्नो इच्छाअनुसार चिकेन, च्याउ वा सागसब्जी राखेर पिज्जा बनाउन सकिन्छ । यसका लागि पहिले चिज राखेर मार्गेरिटा पिज्जा तयार गर्नुपर्ने हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्