सरसफाई अभियान वसपार्कमा केन्द्रीत हुने



सैघाली खबर,
तुलसीपुर,१९ भदौ । ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’ भन्ने नाराका साथमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानको ५५ औ श्रृखला बसपार्कमा केन्द्रीत हुने भएको छ । ‘वसपार्कमा वढि फोहोर भएकाले त्यसलाई केन्द्रमा राखेर सरसफाई अभियान अगाडि वढिरहेको छ ’ मेयर घनश्याम पाण्डेले भन्नुभयो । उहाँले आफ्नो फोहोर आफैले सफा गर्ने प्रवृत्तिको सुरुवात भएमा नगरपालिकाको सरसफाइ अभियानले सार्थकता पाउने वताउनु भएको थियो । वसपार्कमा रहेको साझा वजार टोल विकास संस्थाको संयोजनमा हुन लागेको सरसफाई अभियान आलुमन्डी देखि उत्तरतिर केन्द्रीत रहनेछ । सरसफाई अभियानमा सामाजिक दायित्ववोध गरेर उपस्थितिका लागि उपमहानगरपालिकाले सबैैमा आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्