अञ्चल अस्पतालबाट रक्त सञ्चार सेवा शुरु



सैघाली खबर,
तुलसीपुर,१९ भदौ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुर परिषरमा निर्माण गरिएको रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । समाजसेवी बामदेव शर्मा उपाध्यायले श्रीमती कालिकादेवीको सम्झनामा निर्माण गरेको रक्त सञ्चार केन्द्रको सोमबार एक कार्यक्रमकाबीच उदघाटन गरिएको हो । ब्लड बैंकको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

रेडक्रस दाङका अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद बुद्धिराम भण्डारी, अनारकली मिया, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, दानदाता बामदेव शर्मा उपाध्यायले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समाजसेवी बामदेव शर्मा उपाध्यक्षले श्रीमती कालिकादेवीको सम्झनामा रक्त सञ्चार सेवा केन्द्रको भवन निर्माण गरेको करिब डेढ बर्ष पनि सेवा सञ्चालनमा आएको हो ।

रक्त सञ्चार सेवा शुरु भएको पहिलो दिन ४० जनाले रगत दान गरेका थिए । रक्त सञ्चार सेवा सञ्चालनमा आएका संगै यहाँका बासिन्दाहरु हर्षित छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्