पाण्डवेश्वरी यातायात कार्यालयको बुकिङ काउण्टर स्थापना



 

 सैघाली खबर 

दाङ १९ , भदौ    

तुलसीपुरमा पाण्डवेश्वरी यातायात कार्यालयको बुकिङ काउण्टर स्थापना भएको छ । सो काउण्टरले मंगलवार विहानैदेखि सो काउन्टरबाट नेपालगञ्जमा गाडी सञ्चालन गर्ने छ ।

बसपार्कभित्रै सञ्चालनमा आएको काउन्टरबाट निकट भविष्यमै सल्यान र ?कुममा पनि नियमित यातायात सेवा सञ्चालन गर्ने छ । पहिलो चरणमा तुलसीपुरबाट बिहान साढे ६ बजे र दिउँसो १ बजे नेपालगञ्जमा सेवा सञ्चालन गर्ने सो प्रालिका अध्यक्ष सरोज शाहले बताएका छन् ।

यसैबीच सो काउन्टरको सोमवार विधिवत ?पमा शुभारम्भ भएको छ । प्रालिका अध्यक्ष शाहले बुकिङ काउन्टरमा मनु सेनलाई टिकट र चलानीको ठेली दिएर बुकिङ काउण्टरको विधिवत शुभारभ्म भएको हो ।

सो अवसरमा नेपाल तरुण दलका अध्यक्ष तथा प्रालिका सल्लाहकार टीका घर्ती, प्रालिका उपाध्यक्षद्वय केशव नेपाली र मनोहरजंग सिंह, समितिका सदस्य नरेन्द्र श्रेष्ठ, तरुण दलका क्षेत्रीय अध्यक्ष रमेश मल्ल, पत्रकार दुर्गाप्रसाद गिरीलगायतको सहभागिता रहेको थियो । सो अवसरमा प्रालिका अध्यक्ष शाहले यो पहिलो सु?आत भएको भन्दै निकट भविष्यमै सेवालाई क्रमशः मुलुकभरि विस्तार गर्ने बताएका छन् । यसअघि सो प्रालिले घोराहीदेखि रोल्पासम्म नियमित सेवा सञ्चालन गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्