प्रदेश ५ को राजधानी दाङ बनाउँन प्रधानमन्त्री देखि प्रमुख दलका नेता सम्म सकारात्मक



 

जनक नेपाली
घोराही, भदौ १९ । प्रदेश नं. ५ को राजधानी दाङ बनाउन प्रधानमन्त्री देखि प्रमुख दलका नेता सम्म सकारात्मक देखिएका छन् । प्रादेशिक राजधानी बनाउन काठमाण्डौ डेलिगेशन गएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा संग भेटघाट गर्दै दाङलाई राजधानी बनाउन आफुले भुमिका खेल्ने वताउनु भएको छ । दाङलाई प्रदेशको राजधानी भन्दा पनि नेपालकै केन्द्रिय राजधानी बनाउनका लागि उपयुक्त भएको वताउँदै सरकारले यस बारेमा गम्भिर भएर लाग्ने बताउनुभयो ।

दाङलाई प्रादेशिक राजधानी क कस्ले के भने

परराष्ट्रमन्त्री (कृष्णबहादुर महरा )
परराष्ट्र मन्त्री कृष्णबहादुर महराले दाङलाई प्रदेशको राजधानी बनाउँन आफ्नो तर्फबाट कुनै कसुर बाकी नराखेको बताउनुभयो । उहाँले भन्नुभयो आफ्नो पार्टी माओवादीले युद्धको समय देखि नै आधार ईलाकाको रुपमा अगाडी बढाएको वताउँदै त्यसका लागि आफुले राम्रो संग पहल गर्ने वताउनुभयो । महराले भन्नुभयो दाङमा माओवादीले आफ्ना प्रादेशिक बैठक सम्मेलन समेत दाङमा नै सञ्चालन गरेको वताउँदै त्यसका पक्षमा आफुहरु उभिएको बताउनुभयो ।

 


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री (केपी ओली)
एमाले अध्यक्ष ओलीले दाङलाई प्रदेशको राजधानी बनाउनुपर्छ भनेर सबैभन्दा पहिले कुरा उठाएको वताउनुभयो ।ओलीले भन्नुभयो प्रादेशिक राजधानीका लागि दाङ उपयुक्त भएको एमालेको केन्द्रिय सल्लाहकार परिषदले पार्टी कमिटिलाई निर्णय सहीतको सुझाव दिइसकेको छ । एमालेको कुन नेताले के भन्नुभयो त्यसका पछाडी नलाग्नुहोस, विधि र कानुन सम्मत हुने निर्णयलाई एमाले मान्न तयार छ । सबै हिसावले दाङ राजधानि बन्नका लागि उपयुक्त छ ।

पूर्व सिचाई मन्त्री (दिपक गिरी )
पूर्व सिचाई मन्त्री दिपक गिरीले दाङ नै प्रदेशको राजधानी हुने वताउनु भएको छ । तत्कालै सरकारले अस्थायि मुकाम पनि दाङ नै तोक्न बताउनु भयो । दाङ र छिमेकी जिल्ला पार्टिका केन्द्रिय नेताहरु दाङलाई प्रदेशको राजधानी बनाउन सकारात्मक रहेको भन्दै उहाले यस कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । गिरीले अस्थायि र स्थायिरुपमा प्रदेशको राजधानी बनाउन काग्रेस पुर्णरुपमा कटिवद्ध रहेको बताउनु भयो । विगतदेखि नै त्यस जिल्लालाई राजधानी बनाउन काग्रेसले आफ्नो तर्फवाट भुमिका निर्वाह गरीरहेको चर्चा गर्दै उहाले सरकारले दाङलाई प्रदेशको राजधानि बनाउने गरी उच्च अदालतसंगै भर्खरै एआईजिको कार्यालय पनि दाङमा स्थापना गर्ने काम भएको बताउनु भयो ।

 

प्रतिनिधि मण्डलमा

प्रतिनिधि मण्डलमा प्रादेशीक सरोकार समिति दाङका संयोजक नारायण भुषाल , सचिव सविन प्रियासन, पूर्व सामान्य प्रशासन मनत्री रेखा शर्मा, माओवादिका पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज जिवन गौतम, नेकपा एमालेका केन्द्रिय सदस्य शान्ता चौधरी, एमाले दाङका उप सचिव शुरामणि वेलवासे, दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व महासचिव दिपक सुवेदी , नेपाली काग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगी , उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुर्वराज श्रेष्ठ भारी,संघका पुर्व अध्यक्ष हेमराज वन्जाडे, कार्य समिति सदस्य महेन्द्र बुढाथोकि लगायतको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्