–सैघाली खबर–
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा दाङका वरिष्ठ पत्रकार तथा स्तम्भकार समाजका अध्यक्ष समेत रहेका केवि मशाल सर्वसम्मत चुनिएका छन् ।
यस्तै संघकै पहिलो प्रदेश समितिको प्रदेश नं ५ को अध्यक्षमा दाङकै क्रियाशील पत्रकार बिष्णुकुमार देवकोटा सर्वसम्मत रुपमा चुनिएका छन् ।
तनहुँ जिल्लाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्र बन्दिपुरमा सम्पन्न ऐतिहाँसिक आठौं साधारण सभा तथा तेश्रो महाधिबेसनबाट मशाल केन्द्रिय अध्यक्ष र देवकोटा प्रदेश नं ५ को अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन मण्डलका सदस्य भुवन गौतमले जानकारी दिए ।
देवकोटाको नेतृत्वमा गठित प्रदेश नं ५ को उपाध्यक्षमा रुपन्देहीका ईश्वर पौडेल, सचिवमा अर्घाखाँचि बाट विन्दु घिमिरे, सह सचिवमा अर्घाखाँचि बाटै भुम बहादुर शूर्यवंशी, कोषँध्यक्षमा पस्चिम नवलपरासीबाट विमल भट्टराई निर्वाचित भएका छन् ।
सदस्यहरुमा पाल्पाबाट राम ज्ञवाली, पश्चिम नवलपरासीबाट समीर ढकाल, बाँकेबाट दिला शाह, दाङबाट अंकीत डि।सी। र बसन्त भट्ट, पाल्पाबाट भविन्द्र गौतम, रुपन्देशीबाट सन्तोष पुन र विवश विष्ट निर्वाचित भएका छन् ।
नव गठित स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं ५ को प्रथम बैठक जेठ १० गते दाङको घोराहीमा हुने प्रद्श नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।