घोराही।लामो समय देखि बोनम्यारो बाट पिडीत बनेका रोल्पा त्रिबेणि गाउपालिका वडा न. ७ घर भइ हाल घोराही ७ पर्सा निबासि बोनम्यारो पिडित प्रेमबहादुर पुनलाई आर्थिक सहयोग गरीएको छ ।
बैदेशिक रोजगारको सिलसिलामा कतार गएका रोल्पाका खगेन्द्र बुढा मगरको पहलमा ४७ हजार रुपैया पुनलाई सहयोग गरीएको हो । संकलित रकम बि।एण्ड। बि हाउजिङ प्रालीमार्फत सो प्रालीका सन्चालक भानसिङ बुढा, कृष्ण बुढा, नेकपा दाङका जिल्ला सदस्य बिबेक श्रेष्ठ, नेकपाका रोल्पा जिल्ला सदस्य इस्वर कुमार बुढा मगरले सयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।
सहयोग रकम पाएपछि पुनले खुसि हुँदै धन्यवाद समेत दिएका थिए ।साथै उनले आफुलाई उपचारका लागी धेरै रकमको आवश्यक रहेको भन्दै आफुलाई सहयोग गरीदिन पनि आग्रह गरेका छन, ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।