संघीयताको व्यवहारिक कार्यान्वयन गर्नै बाँकीः मुख्यमन्त्री पोखरेल



-सैघाली खबर-

काठमाडौं । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयन गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

राजनैतिक रुपले संघीयता स्थापित भए पनि वित्तीय र प्रशासनिक संघीयता स्थापित हुन बाँकी रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले कर्मचारी समायोजनसँगै स्थानीय र प्रदेशमा कर्मचारी प्रयाप्त नरहेको, आगामी दिनमा पदपूर्ति गर्दै जाने बाटो खुलेको र न्यूनतम जनशक्तिबाट अधिकतम काम गर्ने ढंगले अघि बढ्नुपर्ने बताए ।

प्रदेश समन्वय परिषदको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी वर्ष जिल्ला तहमा स्थानीय तहका जनप्रतिनिधिसंग वर्षको एकपल्ट छलफल गरिने बताए ।

बैठकमा प्रदेशको आवधिक योजनाको आधारपत्रबारे प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, बजेट तर्जुमाका बारे आर्थिक मामिला सचिव केशब जोशी र वित्तीय श्रोत र बाँफाँडका बारे वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रस्तुती राखेका थिए ।

स्थानीय तह र प्रदेश सरकारबीच समन्वय कायम गर्न र बुझाईमा एकरुपता ल्याउन बैठक महत्वपूर्ण ठानिएको छ ।

बैठकले आवधिक योजना तर्जुमा, चालु आवको बजेट कार्यान्वयन, आगामी आर्थिक वर्षको बजेट तर्जुमा, नेपाल सरकारलाई सुझाव पठाउने लगायत विषय समेटेर २० बुँदे प्रस्ताव पारित गरेको छ ।

Image may contain: 8 people, people sitting and indoor

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्